स्विजरल्यान्डले दिने ८६ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

२०७९ जेठ ९ सोमबार १६:१७:०० मा प्रकाशित

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजना सञ्चालन गर्नका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए । प्रवक्ता कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपियाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको जानकारी दिए ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन एकैचरणमा सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दलहरूलाई धन्यवाद दिएको छ ।


 

ताजा खबर