३४ अङ्कले घट्यो शेयर बजार

२०७९ जेठ ९ सोमबार १५:५४:०० मा प्रकाशित

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार ३४ दशमलव २१ अङ्कले घटेर २२ सय दशमलव ८८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २४ वटा कम्पनीको ३९ लाख १७ हजार कित्ता शेयर एक अर्ब ३६ करोड ९५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै मिथिला लघुवित्त र विन नेपाल लघुवित्त कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । गुराँस लघुवित्त कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

ताजा खबर