सर्लाहीको बरहथवामा एमाले विजयी

२०७९ जेठ ९ सोमबार ०९:२१:०० मा प्रकाशित

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी  कल्पना कुमारी कटुवाल निर्वाचित भएकी छन् । कटुवाल बरहथवाका निवर्तमान नगरप्रमुख देवानन्द महतोलाई दोब्बर बढी मतले पराजित गर्दै मेयरमा निर्वाचित भएकी हुन् । उनले १२ हजार २७३ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महतोले ६ हजार ६६६ मत पाएका छन् । कटुवाल २०७४ सालको निर्वाचनमा भने माओवादीका महतोसँग नै पराजित भएकी थिइन् । यस्तै, उपमेयरमा पनि नेकपा एमाले नै विजयी भएको छ । एमालेका रामबाबु प्रसाद साह ९ हजार ९०१ मत ल्याएर उपमेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहालले ७ हजार ११९ मत  ल्याएकी छन् ।
 

ताजा खबर