पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धि

२०७९ जेठ ८ आइतबार २०:२८:०० मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरेको हो ।

अब एक लिटर पेट्रोलको १८० रुपैयँ पर्नेछ भने मट्टीतेल र डिजेलको १६३ रुपैयाँ  पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यासको मूल्य १८ सय रुपैयाँ पुगेको छ ।

ताजा खबर