रंगेलीको मेयरमा एमालेका दिलीप अग्रवाल निर्वाचित

२०७९ जेठ ८ आइतबार १९:२२:०० मा प्रकाशित

विराटनगर । मोरङको रंगेली नगरपालिकाको मेयरमा दिलीपकुमार अग्रवाल निर्वाचित भएका छन् । अग्रवाल १२ हजार ८६१ मत ल्याउदै मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मोदराज घिमिरेले ९हजार ६१ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल यो पटक एमालेबाट मेयरमा निर्वाचित भएका हुन् ।

उनी स्थानीय तह निर्वाचनअघि एमाले प्रवेश गरेका थिए । उपमेयरमा पनि एमालेकी भुमाकुमारी पराजुली निर्वाचित भएकी छन् । उनले ११ हजार ७९० मत पाइन् । जसपा उम्मेदवार पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गरे ।


 

ताजा खबर