शुक्लाफाँटाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

२०७९ जेठ ८ आइतबार १५:०१:०० मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा मेयरमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा मेयरमा निर्वाचित भएका हुन् । महराले छ हजार ७७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टले छ हजार २६४ मत प्राप्त गरेका छन् ।

मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नवराज ऐरले पाँच हजार २२५ मत प्राप्त गरे । शुक्लाफाँटाको उममेयरमा नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित भएकी छन् । उनले ६ हजार ५१९ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले पाँच हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले पाँच हजार २३६ मत प्राप्त गरेकी छन् ।

अघिल्लो निर्वाचनमा शुक्लाफाँटामा मेयरमा नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपमेयरमा एमालेका तुलसी हमाल निर्वाचित भएका थिए । ९ पालिका रहेको कञ्चनपुरमा हालसम्म तीन पालिकामा नेपाली कांग्रेस, तीनमा एमाले र एउटा पालिकामा माओवादी केन्द्र विजयी भएको छ । यहाँको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकामा मतगणना जारी रहदा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

ताजा खबर