कृष्णपुरको मेयर र उपमेयरमा कांग्रेस विजयी

२०७९ जेठ ८ आइतबार १२:५५:०० मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा मेयर र द्रौपती राना उपमेयरमा निर्वाचित भएका छन् । ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गरेकामा निकतटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले छ हजार ४७४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमेयरतर्फ कांग्रेसकै द्रौपती रानाले नौ हजार ६७५ मत प्राप्त गरी निर्वाचित भएकामा निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ र एमालेकी रमिता रानाले सात हजार ३१६ र मत प्राप्त गरेका छन् । यसअघिको निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसित पराजित भएका थिए ।

ताजा खबर