प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री जियाबीच भेटवार्ता

२०७९ जेठ ८ आइतबार ११:५६:०० मा प्रकाशित

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन् । शुक्रबार तीन दिने भ्रमणका लागि काठमाडौं आएकी जियाले आइतबार बिहान प्रधानमन्त्री देउवासँग भेट गरेकी हुन्। प्रधानमन्त्री देउवाले जियाको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

भेटमा नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीले जानकारी दिएका छन् । अमेरिकी मन्त्री जियाले शनिबार जावलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगेर जानकारी लिएकी थिइन्। उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम छ।

ताजा खबर