मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना, चारजनाको मृत्यु

२०७९ जेठ ७ शनिबार २१:४८:०० मा प्रकाशित

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा शनिबार साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नम्बरको जीप सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । आठजना सवार  जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चारजना पुरुष रहेका छन् ।

    घाइते भएका चारमध्ये चालकसहित तीन जनाको हेटौँडा अस्पतालमा र एकजनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
 

ताजा खबर