बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेय निर्वाचित

२०७९ जेठ ७ शनिबार १६:१०:०० मा प्रकाशित

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेय निर्वाचित भएका छन् । ३० हजार १३० मत ल्याई पाण्डे मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत ल्याएका छन् । उपमेयरमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल २४ हजार ९०४ मतसहित विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङले १६ हजार ९८० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसको नगरसभापति समेत रहेका पाण्डे २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा पनि बुटवल उपमहानगरपालिकाको प्रमुखका प्रतिस्पर्धी थिए । त्यसबेला उनी पराजित भएका थिए।


 

ताजा खबर