धुलिखेल नगरपालिकाको मेयरमा अशोक व्याञ्जु निर्वाचित

२०७९ जेठ ६ शुक्रबार १८:४३:०० मा प्रकाशित

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकामा एमाले विजयी भएको छ । धुलिखेलको मेयरमा एमालेका अशोक व्याञ्जु निर्वाचित भएका हुन् । उनले ८ हजार ३ सय ४९ मत पाएका छन्।

उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विदुर बस्नेतले ७ हजार ४०९ मत प्राप्त गरेका छन्। बस्नेतले सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीबाट दयासागर श्रेष्ठ उम्मेदवार बनेपछि नेपाली कांग्रेसका बस्नेतले उम्मेदवारी दिएका हुन्। श्रेष्ठले भने १ हजार ७ सय ८३ मत मात्रै ल्याएका छन् । उपमेयरमा भने नेपाली काग्रेसका निराजन जंगम ७ हजार ९ सय ३८ मत ल्याएर विजयी भएका छन्।


 

ताजा खबर