एसियन कप छनाेटका लागि फुटबल टोली घोषणा

२०७९ जेठ ६ शुक्रबार १७:४१:०० मा प्रकाशित

काठमाडौं । एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । घोषणा गरिएको २३ जनाको टिममा कप्तान किरण चेम्जोङसँगै क्याम्प छोडेका १० खेलाडीलाई समावेश गरिएको छैन ।

चार हप्ता अगाडि प्रशिक्षक अब्दुल्लाहको विरोध गर्दै मुख्य खेलाडी, रोहित चन्द, अञ्जन विष्ट, विशाल राई, बिमल घर्तिमगर, सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ लगायतले क्याम्प छोडेका थिए । त्यसपछि यो विवाद उत्कर्षमा पुग्दा खेलाडीले विभिन्न निकायमा छानबिनका लागि माग गरेका थिए । झण्डै एक साताअघि पूर्वखेलाडी भिक्टोर राणाको संयोजकत्वमा एन्फाले तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिले यस घटनासँग सम्बन्धित सबैको बयान लिएर एन्फालाई आफ्नो सुझाव बुझाइसकेको छ । छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।


 

ताजा खबर