अफताव आलमका छोरा रौतहटको राजपुर नगरपालिकाको मेयरमा विजयी

२०७९ जेठ ६ शुक्रबार १६:५३:०० मा प्रकाशित

रौतहट । रौतहटको राजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहम्मद राजिक आलम विजयी भएका छन् । उनी जसपाका मोहम्मद जैद आलमलाई २ हजार ५ सय ७४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । आलमले ६ हजार ३ सय ३५ मत पाउँदा मोहम्मद जैदले ३ हजार ७ सय ५१ मत पाए । राजपुरसँगै कांग्रेसले अहिलेसम्म रौतहटमा दुई पालिका जितेको छ ।

उपमेयरमा कांग्रेसकै जमिला असगरी ६ हजार २ सय ६८ मत ल्याई विजयी भइन् । असगरीले जसपाका चिन्ताकुमार कलवारलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरिन् । कलवारले ३ हजार ६ सय २९ मत पाए । राजिक चिकित्सकसमेत हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाइरहेका बेला विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्यान लिएको अभियोगमा पुर्पक्षका लागि थुनामा सांसद मोहम्मद अफताब आलमका कान्छा छोरा हुन्  ।


 

ताजा खबर