भानुको मेयर र उपमेयरमा कांग्रेस निर्वाचित

२०७९ जेठ ६ शुक्रबार १२:५१:०० मा प्रकाशित

दमौली । तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा आनन्दराज त्रिपाठी र उपमेयरमा उमा गोतामे विजयी भएका हुन् । त्रिपाठी १२ हजार २५२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सीताराम बजगाईंले नौ हजार ४३ मत प्राप्त गरेका छन् ।

उपमेयर गोतामे १० हजार ५४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गरेका छन् । ४० हजार ९६६ मतदाता रहेको भानुमा २५ हजार ५७२ मत खसेको थियो ।

ताजा खबर