विराटनगरको मेयरमा कांग्रेस उम्मेदवार ६ हजार मतले अगाडि

२०७९ जेठ ६ शुक्रबार ०९:२९:०० मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । उनले ६ हजार १४८ मतले अग्रता लिइरहेका छन् ।

जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्कीभन्दा ९ हजार २७९ मतले पछाडि छन् ।

पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले २४ हजार ५६३, एमालेका सागर थापाले १८ हजार ४१५, स्वतन्त्र उम्मेदवार उमेश यादवले सात हजार ४९७ र राप्रपाका प्रल्हादप्रसाद साहले चार हजार ६०२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी कार्कीले २१ हजार ३८३, जनता समाजवादी पार्टी, नेपालका यादवले १२ हजार १०४, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले पाँच हजार ५८६ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले चार हजार ४५८ मत प्राप्त गरेका छन् । विराटनगर महानगरपालिकाका–१, ३, ४ र १४ को वडाध्यक्षमा एमाले र वडा नम्बर ५ को वडाध्यक्षमा कांग्रेस विजयी भएको छ । महानगरको वडा नं ६, ८, ९, १०, ११ र १२ को मतगणना भइरहेको छ ।


 

ताजा खबर