भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

२०७९ जेठ ६ शुक्रबार ०८:१२:०० मा प्रकाशित

चरिकोट । दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबाट भिमेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ईश्वरनाथ मानन्धर निर्वाचित भएका छन् ।

माधनन्धरले ८ हजार ७ सय २३ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका हरिवंश चौलागाईंले ७ हजार ३ सय १ मत प्राप्त गरे । त्यस्तै, उपमेयरमा भने एमालेले गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गरेको छ । उपमेयरमा एमालेकी कमला बस्नेत ७ हजार २ सय ६४ मतसहित विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार संगीता तामाङले ६ हजार ९ सय २१ मत ल्याएकी छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा भिमेश्वर नगरपालिकाको मेयरमा एमालेका भरत केसी निर्वाचित भएका थिए । उनले कांग्रेसका ईश्वरनाथ मानन्धरलाई पराजित गरेका थिए ।
 

ताजा खबर