इनरुवाको मेयर र उपमेयरमा कांग्रेस विजयी

२०७९ जेठ ५ बिहीबार २२:४७:०० मा प्रकाशित

इनरुवा । सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार सरोजकुमार पोखरेललाई दुई हजार ७७१ मतान्तरले पराजित गर्दै भण्डारी मेयरमा निर्वाचित भएका हुन् । भण्डारीले ११ हजार ६१६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले नौ हजार ५३ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा नेकपा (एमाले)का सहजादी प्रवीणलाई एक हजार ९१८ मतान्तरले पराजित गर्दै मेहता विजयी भएकी हुन् ।

ताजा खबर