भेटिएको मतपेटिकामा पनि बराबरी मत, बाजीमारे शम्शेरले

२०७९ जेठ ५ बिहीबार १८:५६:०० मा प्रकाशित

महोत्तरी । बराबरी मत भएपछि महोत्तरीको बर्दिवास नगरपालिका–८ को वडाध्यक्ष विजेताको घोषणा गोलाबाट गरिएको छ । जसमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिं लामा विजयी भएका छन् । जेठ १ गते नै वडाको मतगणना सम्पन्न भएर लामा विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको थियो ।

लामाका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गरेका थिए । तर बिहीबार गणना नभएको एउटा मतपेटिका भेटिएको थियो । त्यसमा रहेको ८४ वटा मत गणना हुँदा लामा र किङरिङको बराबरी मत आएको थियो । लामा र किङरिङ दुबैले ७ सय ६६ मत ल्याए। त्यसपछि वडाध्यक्ष विजयी घोषणा गर्न गोला तान्न लगाएको थियो । किङमिङले गोला तान्दा नपरेपछि लामा पुनः विजयी भएको घोषणा गरिएको थियो।

ताजा खबर