चन्द्रागिरि नगरपालिकाको मेयरमा कांग्रेसका घनश्याम गिरी निर्वाचित

२०७९ जेठ ५ बिहीबार १८:०१:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले चन्द्रागिरि नगरपालिकामा ऐतिहासक जित निकालेको छ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले मेयरसहित बहुमत वडाध्यक्ष आफ्नो पक्षमा ल्याउन सफल भएको छ । घनश्याम गिरी कांग्रेसका तर्फबाट पुनः मेयर पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने वडा न १, ३, ४, ७, ८, ९, ११, १३ र १५ मा कांग्रेसले विजय हासिल गरेको छ ।

नवनिर्वाचित मेयर गिरीले १५ हजार ४७५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उत्तमबहादुर रावतले १४ हजार ६५१ मत प्राप्त गरेका छन् । उनी वडा नं १५ का निवर्तमान वडाध्यक्ष थिए ।

कांग्रेसका तर्फबाट नवनिर्वाचित वडाध्यक्ष वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल छन् । नवनिर्वाचित मेयर गिरी कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका सभापतिसमेत हुन् ।


 

ताजा खबर