टिकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टी विजयी

२०७९ जेठ ५ बिहीबार ११:४८:०० मा प्रकाशित

धनगढी । कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । मेयरमा रामलाल डगौरा थारु विजयी भएका हुन् । थारुले तीन दलीय गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका नवराज रावललाई पराजित गरे ।

उनले ९ हजार ६४२ मत ल्याए ।  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकलाई हराउँदै गठबन्धनबाट उपप्रमुखका उम्मेदवार खडक शाह विजयी भएका छन् । शाहले सात हजार ९५५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी विकले सात हजार ८०२ मत ल्याइन्। । 

टीकापुरमा तीन वडामा माओवादी केन्द्र, तीनमा कांग्रेस, दुईमा नागरिक उन्मुक्ति पार्टी र एउटामा एमाले विजयी भएको छ ।
 

ताजा खबर