बनेपाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

२०७९ जेठ ५ बिहीबार ०८:५८:०० मा प्रकाशित

बनेपा । काभ्रेको बनेपा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा कांग्रेसका शान्तिरत्न शाक्य १३ हजार ७९३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्न कुश रञ्जितकारले ११ हजार ८३५ मत ल्याएका छन् ।

उपमेयरमा नेकपा एमालेकी विमला सापकोटा दाहाल विजयी भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका रगुबर प्रधानलाई १ हजार ४७७ मत अन्तरले पराजित गरिन् । सापकोटाले ११ हजार ९९२ मत पाउँदा प्रधानको पक्षमा १० हजार ५१५ मत परेको छ । राप्रपाका रुपा विष्टले ८३८, जसपाका प्रिष्टा प्रजापतिले २६८ र नेमकिपाका कान्ति अवाले १६८ मत पाएका छन् ।

ताजा खबर