गौर नगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी

२०७९ जेठ ४ बुधबार १६:३८:०० मा प्रकाशित

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहनगर रौतहटको सदरमुकाम गौर नगरपालिकाको मेयर र उपमेयरमा उनकै पार्टीले जितेको छ । मेयरमा शम्भु साह र उपमेयरमा शैलकुमारी साह निर्वाचित भएका हुन् । पूर्वमेयर अजय गुप्तालाई दोब्बर मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन् ।

साहले ६३८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३७५५ मत प्राप्त गरेका छन् । उपमेयरमा साह ४८०९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अमरुल कले १ हजार ४७ मत पाए ।

ताजा खबर