जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

२०७९ जेठ ४ बुधबार १३:०६:०० मा प्रकाशित

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राजु सिंह कठायत निर्वाचित भएका छन् । उनी २ हजार ४०३ मत ल्याएर ल्याई मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका पदमबहादुर शाहीले २ हजार ३२२ मत ल्याए ।

कांग्रेसले टिकट नदिएपछि महासमिति सदस्यबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उपमेयरमा नेपाली कांग्रेसकी रामदेवी खड्का निर्वाचित भएकी छन् । खड्काले २ हजार ८०८ मत प्राप्त गरिन् ।

ताजा खबर