लेटाङ नगरपालिकाको मेयरमा एमालेका लावती विजयी

२०७९ जेठ ४ बुधबार १२:२१:०० मा प्रकाशित

विराटनगर । मोरङको लेटाङ नगरपालिकाको मेयरमा एमालेका भूपेन्द्र लावती र उपमेयरमा एमालेकै कृष्णकुमारी निरौला पोखरेल विजयी भएका छन् । लावतीले १० हजार २२७ मत ल्याउँदा गठबन्धन तर्फ कांग्रेसका ज्ञानेन्द्र ढकाल ८ हजार १०५ मत ल्याए ।

त्यसैगरी उपमेयरमा पोखरेलले ९ हजार ४०६ मतले विजयी हुँदा माओवादी केन्द्रका कृष्ण लम्साल ४ हजार ९०५ मत ल्याए । अघिल्लो निर्वाचनमा यो नगरपालिकामा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको थियो ।

 

ताजा खबर