सप्तरीको हनुमाननगर कंकालिनीको मेयरमा सिके राउतको पार्टी विजयी

२०७९ जेठ ४ बुधबार १२:१६:०० मा प्रकाशित

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन् । निवर्तमान मेयर शैलेशकुमार साहलाई पराजित पार्दै माझी मेयरमा निर्वाचित भएका हुन् । माझीले ६ हजार ४०७  मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी साहले ६ हजार २४६ मत प्राप्त गरे । २०७४ सालको स्थानीय तह निर्वाचनमा माझी साहसँग पराजित भएका थिए ।

२०७४ मा तात्कालीन फोरमबाट माझी उम्मेदवार थिए भने साह तत्कालीन राजपाबाट उम्मेदवार भई जितेका थिए । यस्तै, हनुमाननगर कंकालिनीको उपमेयरमा जसपाकी सरितादेवी सिपलिया यादव दोहोरिएकी छन् । ६ हजार ५ सय १२ मत प्राप्त गर्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९ सय ८२ मत प्राप्त गरिन् । 
 

ताजा खबर