जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्र विजयी

२०७९ जेठ ४ बुधबार १०:२०:०० मा प्रकाशित

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा नेकपा ( माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया एक हजार ९३६ मतका साथ विजयी भएका हुन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकै गोरीकला बुढा दुई हजार चार मतका साथ विजयी हुँदा कांग्रेसका सुष्मा श्रेष्ठले एक हजार ८०६ मत ल्याइन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले अध्यक्ष र माओवादीले उपाध्यक्ष जितेको थियो । एमालेका रेशम शाहीले एक हजार ७५२ मत प्राप्त गरेका छन् ।


 

ताजा खबर