हरिपुर्वा नगरपालिकाको मेयरमा कांग्रेस विजयी

२०७९ जेठ ४ बुधबार १०:०४:०० मा प्रकाशित

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार साह तेली विजयी भएका हुन् ।

साहले ५ हजार ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धीमा जनता समाजवादी पार्टीका योगनारायण रायले ३ हजार ४९३ मत प्राप्त गरे । यस्तै उपमेयर पदमा पनि नेपाली कांगे्रसकी सुमित्रा देवी ग्वारनी ४ हजार ३९१ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनिता देवी यादवले ३ हजार ४०० मत प्राप्त गरिन् ।

ताजा खबर