इलाम नगरपालिकाको मेयरमा कांग्रेसका थापा र उपमेयरमा दाहाल विजयी

२०७९ जेठ ४ बुधबार ०९:०४:०० मा प्रकाशित

इलाम । इलाम नगरपालिकामा नेपालका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतसहित विजयी भएका छन् । उपमेयरमा कांग्रेसकै विष्णु दाहालले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् । मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए ।

त्यस्तै, उपप्रमुखमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् । २०४९ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो । ३० वर्षपछि कांग्रेसले विरासत फर्काएको हो । १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।
 

ताजा खबर