ढोरपाटनको मेयरमा एमाले विजयी

२०७९ जेठ ३ मंगलबार २२:२०:०० मा प्रकाशित

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा एमालेका देवकुमार नेपाली भएका छन् । संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालका लागि मेयरमा निर्वाचित भएका हुन् । नेपालीले पाँच हजार ७३५ मत प्राप्त गर्दा अर्यालले पाँच हजार १३५ मत प्राप्त गरेका छन् ।

नगरपालिकाको उपप्रमुखमा पाँच दलीय गठबन्धनका धनबहादुर कायत विजयी भएका छन् । नेपाली कांग्रेसका कायतले पाँच हजार ६५० मत प्राप्त गरेका छन् । ताराकुमारी पुनले चार हजार ४८४ मत प्राप्त गरेकी छिन् । पुनले नेकपा एमालेको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएकी थिइन् ।

ताजा खबर