शंखरापुरको मेयरमा राप्रपाका रमेश नापित विजयी

२०७९ जेठ ३ मंगलबार १८:१४:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा खाता खोलेको छ । काठमाडौं शंखरापुर नगरपालिकाको ३ वटा वडा सहित मेयरमा राप्रपाले जितेको हो । राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ । राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । उपमेयरमा भने गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

ताजा खबर