धनुषाको विदेह नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

२०७९ जेठ ३ मंगलबार १८:०६:०० मा प्रकाशित

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका बेचन दास चार हजार ४१२ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यसैगरी उपप्रमुखमा पनि एमालेकै आशा झा चार हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् ।

स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका गोविन्द कुमार साहले १ हजार ६४३, नेपाली कांग्रेसका योगेन्द्र प्रसाद यादवले एक हजार ६१३ मत पाएका छन् । उपमेयरमा उम्मेदवार दिएकी एकीकृत समाजवादीकी सञ्जना अधिकारीले २ हजार ८७० मत प्राप्त गरिन् ।
 

ताजा खबर