नौ महिनापछि एमालेद्वारा संसद अवरोध फिर्ता

२०७९ जेठ ३ मंगलबार १६:०१:०० मा प्रकाशित

काठमाडौ । नेकपा एमालेले गत वर्ष भदौ २३ गतेदेखि जारी राखेको संसद् अवरोध फिर्ता लिएको छ । पार्टीका उपमहानसचिव प्रदीप ज्ञवालीले मंगलबारको प्रतिनिधिसभा बैठकमा रोस्ट्रमबाट धारणा राख्दै अवरोध फिर्ता लिएको बताएका हुन् । बैठक सुरु भएलगत्तै प्रदीप ज्ञवालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो संकट उत्पन्न भएकाले संसद अवरोध खोल्ने निर्णय भएको बताए ।

उनले आफ्नो पार्टीका असन्तुष्टिहरु कायम रहेको भन्दै विरोधको स्वरुप बदल्ने जानकारी दिए । उनले देशको अर्थतन्त्रमा उत्पन्न संकटबारे गम्भीर छलफल गर्न संसद खोल्नु जरुरी भएको बताए । उनले आफ्नो दललाई विभाजन गरेर जानेहरुलाई जनताले उचित ढंगले फैसला गरेको बताए। उनले जनताको त्यही फैसलालाई शीरोधार्य गर्दै अवरोध फिर्ता लिएको उनले बताए।

ताजा खबर