तारकेश्वरको मेयर र उपमेयरमा कांग्रेस विजयी

२०७९ जेठ ३ मंगलबार १३:२६:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका कृष्णहरि महर्जन र सिर्जना बुर्लाकोटी निर्वाचित भएका छन् । महर्जनले ११ हजार ९८८ मत ल्याए भने नेकपा एमालेका रामेश्वर बोहराले ७ हजार ८०८ मत पाए ।

नेकपा एकीकृत समाजवादीका लवकुमार बस्नेतले २ हजार ५२८ र राप्रपाका बसन्तकुमार बस्नेतले एक हजार एक मत पाएका छन् । उपमेयरमा बुर्लाकोटीले १० हजार ७८६ मत प्राप्त गर्दा नेकपा एमालेकी भवानी डोटेल धितालले ८ हजार ६ मत पाइन् । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट मेयर र उपमेयर जितेका रामेश्वर बोहरा र भवानी डोटेल धिताल विजयी भएका थिए । 

ताजा खबर