लमजुङको बेसीशहरको मेयर र उपमेयरमा एमाले विजयी

२०७९ जेठ ३ मंगलबार १२:२१:०० मा प्रकाशित

लमजुङ । लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा गुमानसिंह अर्याल ९ हजार ४७९ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा पदमा गुरुङ ८ हजार ७१४ मतका साथ निर्वाचित भएकी छन् ।


अर्यालका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेले ७ हजार ४७१ र गुरुङका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार ६९९ मत ल्याए ।
 

ताजा खबर