प्यूठान नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

२०७९ जेठ ३ मंगलबार १२:०३:०० मा प्रकाशित

प्यूठान । प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विष्णुबहादुर योगी निर्वाचित भएका छन् । योगी ९ हजार ३२३ मत ल्याउँदै मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विजय विराज विष्टले ७ हजार ८ सय १६ मत ल्याएका छन् ।

त्यस्तै नगरपालिकाको उपमेयरमा कांग्रेसका देवेन्द्र बर्मा विजयी भएका छन् । बर्माले ९ हजार ४९० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेकी पवित्रा जिसीले ७ हजार १८२ मत ल्याइन् ।

ताजा खबर