स्याङ्जाको बिरुवामा एमाले विजयी

२०७९ जेठ ३ मंगलबार ११:३८:०० मा प्रकाशित

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सूर्य कुँवर विजयी भएका छन् । कुँवरले ४ हजार ८ सय ७२ मत ल्याउँदा कांग्रेसका पोखरेलले ४ हजार ७ सय ४६ मत प्राप्त गरेका छन् ।

पोखरेल विरुवा गाउँपालिकाको कांग्रेस सभापति समेत हुन् । यस्तै, उपाध्यक्षमा एमालेकै भगवती शर्मा विजयी भएकी छन् । निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थमनबहादुर गुरुङलाई १ हजार २ सय ६१ मतले पछाडि पार्दै विजयी भएकी शर्माले ४ हजार ९ सय ३७ मत प्राप्त गरेकी छन् । गुरुङले ३ हजार ६ सय ७६ मत प्राप्त गरे ।

ताजा खबर