भक्तपुरको मेयरमा नेमकिपाका सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित

२०७९ जेठ २ सोमबार १३:४०:०० मा प्रकाशित

भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् । प्रजापतिले २९ हजार २ सय मत पाएका प्राप्त गरेका छन् भने उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाएकी छिन् । उनीहरु दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

भक्तपुरमा नेमकिपाले सबै वडामा प्यानलै जितेको हो । मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९, नेकपा एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाएका छन् । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत पाएका छन् ।

ताजा खबर