सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा कांग्रेसका गोपाल पञ्जियार विजयी

२०७९ जेठ २ सोमबार १२:३१:०० मा प्रकाशित

मलंगवा । सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पञ्जियार निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई ३ हजार ५१ मतले पछि पार्दै पञ्जियार विजयी भएका हुन् ।

उनले ६ हजार ९३८ मत प्राप्त गर्दा बुढाथोकीले ३ हजार ८८७ मत पाए । यसैगरी उपमेयरमा कांग्रेसकी नीलम राय यादव ५ हजार ५८३ मत ल्याएर निर्वाचित भएकी हुन् । उनकी प्रत्यासी नेकपा एकीकृत समाजवादीकी शिला कार्कीले ४ हजार ७६ मत मात्रै ल्याइन् ।

ताजा खबर