केपी ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी

२०७९ जेठ २ सोमबार ०८:३८:०० मा प्रकाशित

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका– २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाए । त्यस्तै वडा सदस्यहरुमा रन्जिता तिखात्री, कल्पना खतिवडा, जनार्दन खड्का र भगत रानाभाट विजयी भएका छन् ।

 

ताजा खबर