जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ मा दलित समुदायको स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

२०७९ जेठ १ आइतबार १६:३१:०० मा प्रकाशित

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारेका थिए । उनीहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् । महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जितिन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजयी भइन् ।

कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् । एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजयी भएको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

ताजा खबर