म्याग्दीको मालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

२०७९ जेठ १ आइतबार १५:५४:०० मा प्रकाशित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका बेगप्रसाद गर्वुजा ३ हजार ९१ मतसहित विजयी भएका हुन् नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले २९७० मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी पुन ३ हजार १६७ मतसहित विजयी भएकी छन् । कांग्रेसकी पिपली बुढाले ३१३९ मत पाएकी छन् । यो गाउँपालिकामा यसअघि कांग्रेसले जितेको थियो ।

ताजा खबर