काठमाडौंमा अरुभन्दा दोब्बर मतान्तरले बालेन अगाडि

२०७९ जेठ १ आइतबार १५:१५:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । साहले २८ सय २० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५ सय ७ मतसहित पछ्याइरहेका छन् । त्यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ १५ सय ७ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।

मतगणना सुस्त भएपछि अहिले ६ स्थानबाट गणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानसम्म पाँच स्थानमा मात्रै मतगणना भइरहेकोमा आइतबार दिउँसोदेखि ६ स्थानबाट मतगणना सुरू गरिएको हो । नयाँ ठाउँबाट वडा नम्बर ३१ को मतगणना थालिएको छ । यसअघि वडा नम्बर १, २, ३, ४ र ३२ वडाको मतगणना भइरहेको थियो ।

ताजा खबर