खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

२०७९ जेठ १ आइतबार ०९:३५:०० मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । पालिकाको अध्यक्षमा एमालेका मिङमाछिरी शेर्पा विजयी भएका छन् ।

उनले दुई हजार २८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चुङबा शेर्पाले एक हजार ६०९ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी टासी ल्हामु शेर्पाले दुई हजार २३ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी निर्मला थापामगरले एक हजार ६८२ मत प्राप्त ल्याएकी छन् ।

ताजा खबर