गु्ल्मीको रेसुंगाको मेयरमा कांग्रेसका पन्थी विजयी

२०७९ बैशाख ३१ शनिबार २२:३१:०० मा प्रकाशित

तम्घास । गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी निर्वाचित भएका छन् । उनी नेकपा एमालेका उम्मेदवारलाई १३५२ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने नेकपा एमालेका राजेन्द्र पाण्डेले सात हजार २ सय ६२ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार अमृतादेवी कुँवर निर्वाचित भएकी छन् । पन्थी कांग्रेस गुल्मीका सभापति पनि हुन्।

 

ताजा खबर