पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बृद्धि

२०७९ बैशाख ३१ शनिबार २०:२३:०० मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बृद्धि गरेको छ । निगमको संचालक समितिको बैठकले शनिबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य बृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

ताजा खबर