मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

२०७९ बैशाख ३१ शनिबार १७:२९:०० मा प्रकाशित

म्याग्दी । मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार पालिका अध्यक्षमा एमालेका टसी नुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टसी गुरुङले ५ सय १४ मत पाएका छन् ।

त्यस्तै, उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङले ६ सय ३२ मत लिएर विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार लोमन्थाङ गाउँपालिकाको ५ वडामध्ये २, ३ र ४ मा एमाले र १ र ५ वडाध्यक्ष काँग्रेस विजयी भएका छन् ।
 

ताजा खबर