प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित

२०७९ बैशाख ३१ शनिबार १६:३०:०० मा प्रकाशित

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको मतदाता नामावली भएको वडामा नेपाली कांग्रेस पराजित भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको हो ।

देउवाको वडासमेत रहेको वडा नम्बर १ रुवाखोलाको अध्यक्षमा कांग्रेसका पूर्व नेता कर्ण मल्ल नेतृत्वको कांग्रेस बीपीका नरेश भण्डारी विजयी भएका छन् । उनले ६७३ मत प्राप्त गर्दै कांग्रेस उम्मेदवारलाई पराजित गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका छन् । उक्त वडामा कांग्रेस बीपीको प्यानल नै विजयी भएको हो ।

कांग्रेसबाट निष्कासित मल्ल समूहले बिपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा देउवा नेतृत्वको काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा बीपी कांग्रेसले नेकपा एमालेसँग तालमेल पनि गरेको छ । त्यसपछि कांग्रेसले केही दिनअगाडि मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो।

ताजा खबर