मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ विजयी

२०७९ बैशाख ३१ शनिबार १५:२४:०० मा प्रकाशित

मनाङ । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ ८२० मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वेदबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

उनले ९०२ मत प्राप्त गरेका छन् उनका प्रतिद्वन्द्वीमा स्वतन्त्र अर्जुन गुरुङले ५९१ मत प्राप्त गरेका छन् । मनाङमा ६२ दशमलव ६० प्रतिशत मत खसेको थियो । कूल ६ हजार ४९६ मतदाता रहेकोमा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए ।

सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ । नासों गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकोमा एक हजार ४९६ मत अर्थात ८३ दशमलव ०१ प्रतिशत मत खसेको छ ।

चामे गाउँपालिकामा ७११ मतदाता रहेकोमा ६१० मत अर्थात् ८५ दशमलव ७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो ।
 

ताजा खबर