काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि

२०७९ बैशाख ३१ शनिबार ०१:१४:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणना शनिबार हुने भएको छ । शनिबार बिहान ८ बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको विवकेशील साझा पार्टीकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले जानकारी दिइन् ।

मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरेलगत्तै सर्वदलीय बैठक बसेको थियो । एउटा दलले हरेक बुथमा एक जना प्रतिनिधि राख्न पाउने छन् भने स्वतन्त्र उम्मेदवारहरुको तर्फबाट ५ जना रहनेछन् ।

ताजा खबर