देशभर ६४ प्रतिशत मतदानः आयोग

२०७९ बैशाख ३० शुक्रबार २०:१६:०० मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत मतदान हुन नसकेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा ६४ प्रतिशत मतदान भएको जानकारी दिएका छन् । कतिपय स्थानमा अबेरसम्म मतदान भइरहेकाले अहिले देशभरको यकिन तथ्यांक आइनसकेको बताए । उनले अहिले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार ६४ प्रतिशत मतदान भएको बताए ।

उनका अनुसार काठमाडौंम ५२ प्रतिशतमात्रै मतदान भएको छ ।  आयोगले यसअघि ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अनुमान गरेको थियो ।

यस्तै ४४ ठाउँमा मतदान स्थगित भएको छ। झडपका कारण विभिन्न ठाउँमा मतदान स्थगित भएको हो। यी ठाउँहरुमा निर्वाचन आयोगले अर्को मितिमा चुनाव गर्ने छ

उनले एकैपटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या भएको महसुस भएको बताए । प्रमुख आयुक्त थपलियाले राजनीतिक दल र उम्मेदवारहरूबाट समेत असहयोग भएको गुनासो गरे ।

ताजा खबर